Political Hightlights

संसद विघटन गरेर प्रधानमन्त्रीले संविधानको चीरहरण गरेको कांग्रेसको निष्कर्ष

हिमालय टिभी
२०७७ पुष ५ गते १८:१९
संसद विघटन गरेर प्रधानमन्त्रीले संविधानको चीरहरण गरेको कांग्रेसको निष्कर्ष

५ पुस २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको चीरहरण गरेको निष्कर्ष निकालेको छ ।

आज बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक कदम चालेर संसद विघटन गरेको भन्दै भर्त्सना गरेको हो । बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गरेर देशलाई अस्तिरतातिर लैजाने र लोकतन्त्रमाथि संकट पैदा गर्ने काम भएकाले सडकबाट सामना गर्ने निर्णय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘प्रधानमन्त्री केपी शर्मा ओलीले देशको संविधानको चीरहरण गर्दै अहिले संसद विघटन गर्नुभयो यो कुनै पनि हालतमा वैधानिक छैन । नेपालको संविधानलाई चीरहरण गरिएको छ । आलोकतान्त्रिक कदम प्रधानमन्त्रीले चाल्नुभएको छ र यसको नेपाली कांग्रेसले घोर भर्त्सना गर्दछ । यसले राष्ट्रलाई अस्थिरतातिर लैजाने लोकतन्त्रलाई संकटतिर लैजानेछ । यो अत्यन्त निन्दनीय काम भयो हामी यसको समाना गछौं ।’

यस्तै नेता रमेश लेखकले संसद विघटन गरिएको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । बैठकले सरकारको अधिनायकवादी, सर्वसत्तावादी र निरंकुश चरित्रबाट उत्पन्न निन्दनीय कार्य भएको ठहर गरेको पनि नेता लेखकले बताउनुभयो । उहाँले भननुभयो ‘हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भयो । हामीले यो कदम लोकतान्त्रिक मूल्य र मान्यताका प्रतिकुल, संवैधानिक व्यवस्थाका खिलाप नेपाल कम्युनिष्ट पार्टीको सरकारको अधिनायकवादी, सर्वसत्तावादी र निरंकुश चरित्रबाट उत्पन्न निन्दनीय कार्य हो भन्ने हाम्रो बैठकले ठहर गरेको छ ।’

आगामी दिनमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा संसदमा रहेका अन्य राजनीतिक दलहरुसँग सल्लाह गरी अगाडि बढ्ने निर्णय गरेको पनि नेता लेखकले बतानुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्