Political Hightlights

आफुले अध्यक्ष पद छोड्न परे उपाध्यक्ष गौतमलाई बनाउन ओलीको प्रस्ताव

हिमालय टिभी
२०७७ पुष ५ गते ७:३६
आफुले अध्यक्ष पद छोड्न परे उपाध्यक्ष गौतमलाई बनाउन ओलीको प्रस्ताव

५ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पार्टी अध्यक्ष छोड्नु परे उपाध्यक्ष वामदेव गौतमलाई अध्यक्ष बनाउन प्रस्ताव गर्नु भएको छ ।

यो प्रस्तावमा सहमति भए ओलीले अध्यक्ष छोड्ने र पुष्पकमल दाहाल प्रचण्ड तथा वामदेव गौतम दुई जना अध्यक्ष रहने हुन सक्छ। विवाद निर्णायक मोडमा प्रवेश गरेका बेला शुरु भएको नेकपा स्थायी समितिको अर्को बैठक आज बोलाइएको छ।

सहमतिको स्पष्ट मार्गचित्र नदेखिएका बेला बालुवाटारबाट आएको यो नयाँ प्रस्ताव हो, जसमा वरिष्ठ नेता माधवकुमार नेपालसमेत सकारात्मक रहेको दाबी गरिएको छ।

ओलीले अध्यक्ष छोडेको अवस्थामा त्यो पदमा वरिष्ठ नेता माधवकुमार नेपाल आउन सक्ने भएकाले त्यसलाई रोक्न ओलीले फेरी वामदेव कार्ड फालेको ओली इतर नेताको आँकलन छ ।

ओलीनिकटका नेताहरूमार्फत प्रस्ताव आएपछि गौतमले हिजो आफूनिकट १४ जना केन्द्रीय सदस्यसँग भैँसेपाटीस्थित आफ्नै निवासमा सुझाब लिनु भएको छ ।

सहभागीहरूले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालसमेतलाई मान्य हुने गरी प्याकेजमा सहमति बनेको अवस्थामा मात्र यसतर्फ अघि बढ्न सुझाव दिएका छन् ।

यसअघि गौतमलाई पटक पटक प्रधानमन्त्रीको प्रस्ताव आएको थियो । तर पटक–पटक धोका भएको भन्दै गौतम निकट नेताहरू पूर्ण आश्वस्त भने हुन सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्