अध्यादेशले ततायो राजनीति, कांग्रेसले बोलायो पदाधिकारीको आकस्मिक बैठक

१ पुस २०७७ काठमाडौं । अध्यादेशपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ ।
सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो एक बजे बस्ने बैठकमा सरकारले हिजो ल्याएको अध्यादेशबारे छलफल हुनेछ ।
सरकारको सिफारीसमा राष्ट्रपतिले संवैधानिक परिषद्स म्बन्धी अध्यादेश जारी गरेसँगै विपक्षी कांग्रेसले चर्को विरोध गरिरहेको छ ।
सरकार सर्वसत्तावादको बाटोमा हिडेको भन्दै आजको पदाधिकारी बैठकले सरकारविरुद्धको आन्दोलन र थप रणनीति तय गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
मंसिर २९ गते सरकारविरुद्ध देशब्यापी सडक आन्दोलन गरेको कांग्रेस थप रणनीतिसहित आन्दोलनको तयारीमा छ ।
हिजै साँझ समाजिक सञ्जाल ट्वीटरमार्फत सभापति देउवाले यसबाट सर्वसत्तावादी सोच प्रष्टिएको बताउनुभएको छ । उहाँले उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद रहेको उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया