प्रचण्डको प्रस्ताव छलफल गर्न लायक नै छैनः मन्त्री श्रेष्ठ (भिडियोसहित)
२८ मंसिर, २०७७ काठमाडौं । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको समस्या अल्पमत र बहुमतबाट समाधान हुन नसक्ने बताउनुभएको छ ।
काठमाडौंमा भएको एक कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री श्रेष्ठले दुई अध्यक्ष मिले मात्रै समस्या समाधान हुने दावी गर्नुभयो । अल्पमत र बहुमत गर्ने हो भने एकता नै ६० र ४० प्रतिशतको अनुपातमा भएको समस्या हुने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मन्त्री श्रेष्ठले प्रचण्डले समझदारी तोडेकाले नै समस्या परेको आरोप लगाउनुभयो ।
प्रचण्डको प्रस्ताव छलफल गर्न लायक नै नभएको टिप्पणी गर्दै मन्त्री श्रेष्ठले प्रचण्डको दस्तावेजले समस्या र अर्का अध्यक्ष केपी शर्मा ओलीको दस्तावेजले समाधान दिएको दावी गर्नुभयो ।
मन्त्री श्रेष्ठले प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पद अबको चुनावपछि र पार्टी अध्यक्ष महाधिवेशनपछि मात्रै छोड्ने पनि स्पष्ट पार्नुभयो ।
पार्टीभित्र प्रचण्ड–नेपाल पक्षले ओलीलाई एक पद छोड्न दबाब दिइरहेका बेला ओली निकट मन्त्री श्रेष्ठको यस्तो प्रतिक्रिया आएको हो ।
प्रतिक्रिया