Political Hightlights

२९ गतेदेखि सरकारविरुद्ध आन्दोलन चर्काउने कांग्रेसको तयारी (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २५ गते २०:५३
२९ गतेदेखि सरकारविरुद्ध आन्दोलन चर्काउने कांग्रेसको तयारी (भिडियोसहित)

२५ मंसिर, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरोधी आन्दोलनलाई सशक्त बनाउने तयारी गरेको छ ।

मंसिर २९ गते हुने सरकार विरोधी प्रदर्शनलाई शुरुवात मानेर कांग्रेसले ओली सरकार विरुद्ध सडक तताउने योजना बनाएको हो ।कांग्रेसका वर्तमान र पूर्वपदाधिकारीको आज बसेको बैठकले २९ गतेको प्रदर्शनलाई सशक्त बनाउने निर्णय गरेको छ। मंसिर २९ गते हुने प्रदर्शनलाई शुरुवात भन्दै कांग्रेसले त्यसपछि पनि आन्दोलनका कार्यक्रम जारी राख्ने जानकारी दिएको छ ।

सरकार सर्वसत्तावादी भएको र भ्रष्टाचार बढेकोले सडकमा उत्रिनुको विकल्प नभएको कांग्रेसको ठहर छ । सर्वसत्तावाद लादन खोजेको, भ्रष्टाचार गरेको र दमन गरेको आरोप लगाउँदै कांग्रेसले २९ गते सरकार विरुद्ध देशभर प्रदर्शन गर्न लागेको हो ।

कांग्रेस भित्रै नेतृत्वका कारण प्रतिपक्षी भूमिका नदेखिएको भन्दै आलोचना भैरहेका बेला कांग्रेसले सडक तताउने योजना बनाएको हो ।

खास गरी तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उदघाटनको विषयमा भएको विवादमा प्रहरीले पक्रेपछि कांग्रेस तात्तिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्