विप्लव समूह व्यक्ति हत्यामा उत्रेकोमा काँग्रेसद्वारा निन्दा
२५ मंसिर, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेत्रविक्रम चन्द विप्लव समूह व्यक्ति हत्यामा लागेको भन्दै विरोध गरेको छ ।
कांग्रेसको पदाधिकारी बैठकले विप्लव समूह व्यक्ति हत्यामा लागेको ठहर गर्दै आपत्ति जनाएको छ । कांग्रेसले हिंसा छोडेर शान्तिपूर्ण राजनीतिमा आउन पनि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई अपील गरेको छ । कांग्रेसले हत्यामा संलग्न दोषीलाई कारवाही गर्न पनि माग गरेको छ ।
मोरङको मिक्लाजुङमा विप्लव समूहले स्थानीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेर त्यसको जिम्मा लिएपछि यो समूहको राजनीति व्यक्ति हत्यामा प्रवेश गरेको ठानिएको छ । र राजनीतिक दलहरुले यसको विरोध गर्दै हिंसा नगर्न अपील गरिरहेका छन ।
यस्तै जवाफदेहीता निगरानी समितिले शिक्षक श्रेष्ठको हत्यारालाई कारबाही गर्न माग गरेको छ । समितिका संयोजक चरण प्रसाईंले विज्ञप्ति निकालेर घटनाको तत्काल निश्पक्ष अनुसन्धान गर्न र नागरिकको बाँच्न पाउने अधिकार रक्षा गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया