Political Hightlights

सचिवालय बैठकको पूर्वसन्ध्यामा नेकपा नेताहरु गुटगत रणनीति निर्माणमा व्यस्त

हिमालय टिभी
२०७७ मंसिर १५ गते १८:५८
सचिवालय बैठकको पूर्वसन्ध्यामा नेकपा नेताहरु गुटगत रणनीति निर्माणमा व्यस्त

१५ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका नेताहरु सचिवालय बैठकको पूर्वसन्ध्यामा गुटगत रणनीति बनाउन व्यस्त छन् ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सचिवालय बैठकमा पेस भएका सबै पत्र र प्रस्ताव स्थायी कमिटीमा लैजाने प्रयासमा छ ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पक्षले भने प्रचण्डको प्रस्ताव फिर्ता वा संशोधन गराएर सचिवालयबाटै साझा प्रस्ताव बनाउन जोड दिने रणनीतिमा छ । सचिवालय बैठक भोलि दिउँसोका लागि बोलाइएको छ ।

शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेश गरेपछि नेकपामा दुई वटा प्रस्तावले औपचारिक रुपमा प्रवेश पाएका छन् ।

बैठक माग गर्दै पाँचजना सचिवालय सदस्यले कात्तिक २५ गते ओलीलाई पत्र लेखेपछि नेकपाभित्र पत्रयुद्ध पनि चलेको छ । कात्तिक २८ मा प्रचण्डले सचिवालय बैठकमा ओलीलाई जवाफी पत्रसहित १९ पृष्ठको प्रस्ताव पेस गर्नुभएको थियो । त्यसको जवाफमा ओलीले अर्को प्रस्ताव पेश गर्नुभएको हो ।

पार्टीका सबै कमिटीमा बहुमतमा रहेको प्रचण्ड–नेपाल पक्ष मतदानबाटै भए पनि निष्कर्षमा पुर्‍याउनु पर्ने पक्षमा छ । तर, ओली पक्षले भने अन्तरिम कमिटीमा बहुमत अल्पमतको अर्थ नरहेको भन्दै त्यसलाई नमान्ने प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्