Political Hightlights

विधान, नीति र सिद्धान्त आत्मसात गरे सबै समस्या समाधान हुन्छः नेता नेपाल

हिमालय टिभी
२०७७ मंसिर १० गते १८:२८
विधान, नीति र सिद्धान्त आत्मसात गरे सबै समस्या समाधान हुन्छः नेता नेपाल

१० मंसिर, २०७७ पर्सा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले पार्टीको विधान, नीति तथा सिद्धान्तलाई आत्मसात् गर्र्दै अगि बढे विद्यमान सबै समस्याको समाधान निस्किने बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठन पर्साको नवनिर्मित भवनको आज उद्घाटन गर्दै नेता नेपालले ठूलो बलिदानी र त्यागले निर्माण भई जनताको माझ स्थापित नेकपालाई कसैले चाहँदैमा कमजोर गर्न नसकिने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले कर्मचारीको सरुवाबढुवामा देखिएका अनियमिता समाप्त पार्न गुणदोषका आधारमा मूल्याङ्कन गर्ने पद्धतिको विकास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

नेता नेपालले कोरोना सङ्क्रमणको जोखिम यथावत् रहेकाले मास्कको प्रयोग, भौतिक दूरीको पालना र स्वाथ्य सचेतता अपनाउन सबैलाई आग्रह गर्नुभयो ।

नेपाल कर्मचारी सङ्गठन पर्साका अध्यक्ष अमित गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेहरुलाई पूर्वप्रधानमन्त्री नेपालले सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्