Political Hightlights
सरकार परिवर्तनको हल्ला निराधारः मन्त्री पौडेल (भिडियोसहित)
२०७७ मंसिर १० गते १५:१५

१० मंसिर, २०७७ रुपन्देही । सत्तारुढ नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले सरकार परिवर्तनको हल्ला निराधार भएको बताउनुभएको छ ।
सरकारलाई जनताले ५ वर्षका लागि चुनेको भन्दै मन्त्री पौडेलले बीचमा ढल्छ कि भन्ने आशंका नगर्न आग्रह गर्नुभयो ।
रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहा परमेश्वर माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले कुनै पनि नामको अस्थिरता अव जनताले स्वीकार नगर्ने बताउनुभयो ।
मन्त्री पौडेलले जनतासँग चुनावमा गरिएका प्रतिबद्धता पूरा गरेर छाड्ने दाबी गर्नुभयो ।
प्रतिक्रिया