Political Hightlights

नेकपा लट्ठीले हानेर फुट्ने माटाको हाँडी होइनः नेता रावल (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ७ गते १९:०४
नेकपा लट्ठीले हानेर फुट्ने माटाको हाँडी होइनः नेता रावल (भिडियोसहित)

७ मंसिर, २०७७ धनगढी । नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले रावलले पार्टी कुनै हालतमा नफुट्ने ठोकुवा गर्नु भएको छ ।

सुदूरपश्चिम प्रदेश पार्टी कार्यालय धनगढीमा पत्रकारसँग नेकपा नेता रावलले नेकपा माटोको हाँडी नभएको भन्दै कुनै व्यक्तिले लठ्ठीले हानेर फुटाउन नसक्ने बताउनुभयो ।

उहाँले पार्टी बैठकले गरेका निर्णयहरु कार्यान्वयन नभएकाले अहिलेको समस्या आएको बताउनुभयो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीका पछिल्ला निर्णय कार्यान्वयन नगर्दा समस्या आएको रावलको तर्क छ ।

नेता रावलले पार्टीका आगामी बैठकले सबै समस्या र मनमुटाब समाधान गर्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्