Political Hightlights

नेकपा विवाद दुर्घटनातर्फ बढ्दै गर्दा फेरि बढ्यो चिनियाँ चासो

हिमालय टिभी
२०७७ मंसिर ३ गते ७:२६
नेकपा विवाद दुर्घटनातर्फ बढ्दै गर्दा फेरि बढ्यो चिनियाँ चासो

३ मंसिर, २०७७ काठमाडौं । नेकपा विवाद दुर्घटनातर्फ उन्मुख भइरहेका बेला विगतमाजस्तै चिनियाँ चासो अभिव्यक्त भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले गएराती करिब डेढ घन्टा प्रधानमन्त्री केपी ओलीसँग संवाद गर्नु भएको छ । ९ बजे सुरु भएको संवाद साढे १० बजेसम्म चलेको थियो ।

गत वैशाख र असारमा झन्डै विभाजनको तहमा पुगेको नेकपा विवाद सुल्झाउन पनि राजदूत यान्छी सक्रिय हुनुभएको थियो ।

१७ वैशाखमा नेकपा सचिवालय बैठकमा प्रचण्ड, नेपाल, खनाललगायतका नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चर्किएको थियो ।

राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्