Political Hightlights

ओलीसँगको अन्तर्संघर्ष पेचिलो बन्दै गएको कार्यकारी अध्यक्ष प्रचण्डको संकेत

हिमालय टिभी
२०७७ कार्तिक २८ गते १३:११
ओलीसँगको अन्तर्संघर्ष पेचिलो बन्दै गएको कार्यकारी अध्यक्ष प्रचण्डको संकेत

२८ कात्तिक, २०७७ काठमाडौं । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीसँगको अन्तर्संघर्ष पेचिलो बन्दै गएको प्रस्ट संकेत गर्नु भएको छ ।

पूर्वमाओवादी समूहबाट प्रतिनिधित्व गर्ने युवा र विद्यार्थी संगठनका अगुवाहरूलाई पार्टीभित्रको पछिल्लो अन्तर्संघर्षबारे ‘ब्रिफिङ’ गर्दै ओलीसँगको सम्झौता सहज नभएको बताउनु भएको छ ।

पार्टी एकतापछि ओली पार्टी र सरकार दुवैतर्फको नेतृत्वमा पूर्ण असफल भएको भन्दै प्रचण्डले अहिलेको अन्तर्संघर्ष पदीय लेनदन र भागबन्डाको नभएर मूलतः वैचारिक भएको बताउनु भएको छ ।

प्रचण्डलाई भेट्न करिब डेढ दर्जन युवा–विद्यार्थी नेता उहाँको निवास खुमलटार पुगेका थिए । अध्यक्ष ओलीले पटक–पटक पूर्वएमाले र पूर्वमाओवादीजस्तो कित्ता बनाएर पार्टी फुटाउन खोजेको तर माधव कुमार नेपाल र आफूले पार्टी एकता जोगाएको उहाँको भनाइ थियो ।

वैशाखमै पार्टी फुटाउन खोजेपनि असफल भएपछि अहिले फेरि पूर्वएमाले र पूर्वमाओवादी भनेर कित्ताकाटको अधिकतम कोसिस गरिराखेको प्रचण्डको आरोप छ । तर यसपटक भने विगतमा जस्तो ओलीसँग कुनै सम्झौताको सम्भावना नरहेको भन्दै दृढतापूर्वक लड्ने प्रचण्डको उद्घोष छ ।

पार्टी कमिटीले गर्ने सबै निर्णय उहाँले पालना गर्नुपर्ने बताउँदै प्रचण्डले अब कसैलाई जतिसुकै चारो हाले पनि त्यसको कुनै अर्थ नहुने बताएको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्