Political Hightlights

नेकपा अध्यक्ष ओलीलाई बहुमत सचिवालय सदस्यले दिए साँझसम्मको अल्टिमेटम

हिमालय टिभी
२०७७ कार्तिक २५ गते १३:१५
नेकपा अध्यक्ष ओलीलाई बहुमत सचिवालय सदस्यले दिए साँझसम्मको अल्टिमेटम

२५ कात्तिक, २०७७ काठमाडौं । नेकपा सचिवालयका बहुमत सदस्यले अध्यक्ष केपी शर्मा ओलीलाई आज बेलुकीसम्मको अल्टिमेटम दिएका छन् ।

सचिवालय बैठकका लागि लिखित पत्र बुझाएर सहमति मागेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले दिएको समय सोमबारसम्म बैठक बस्ने स्थिति नबनेपछि फेरि एक दिनको अल्टिमेटम दिएका हुन ।

प्रचण्डसहित पाँच जना नेताले शनिबार बालुवाटार पुगेर ४८ घण्टाभित्र बैठक बस्ने वातावरण बनाउन आग्रह गरेका थिए । आज बेलुकीसम्म ओली बैठकका लागि तयार नभए सचिवालयका बहुमत सदस्यले औपचारिक बैठक बस्ने तयारी गरेका छन् ।

अहिले दुवै पक्ष रणनीति बनाउन छलफलमा व्यस्त छन् । कार्यकारी अध्यक्ष प्रचण्डले खुमलटारमा सचिवालय सदस्यसँग छलफल गरिरहुनभएको छ ।

नेकपा अध्यक्ष ओलीले पनि बालुवाटारमा सचिवालय र आफू निकट नेतासँग प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले बैठक बसेर निर्णय गरेमा के गर्ने ? भन्नेबारे छलफल गरिरहनुभएको छ । ओलीले सहमतिमै सचिवालय बैठक बस्ने कि भन्नेबारे पनि छलफल गरिरहनुभएको छ ।

सोमबार प्रधानमन्त्री ओलीले सचिवालयका बहुमत सदस्यलाई सहमतिमा ल्याउन खोजे पनि विवाद थपिएको थियो । प्रधानमन्त्री ओलीले पाँच जनाको पत्रमा विधान अनुसार बैठकको तयारी गर्नु भनेर तोक लगाउँदै महासचिवलाई निर्देशन दिएपछि थप विवाद सिर्जना भएको छ।

ओलीले बैठक बोलाउने अधिकार आफूमा निहित रहेको सन्देशसहित पाँच नेताको पत्रमा तोक लगाएपछि पत्र लिएर महासचिव प्रचण्ड निवास खुमलटार पुग्नुभएको थियो । यसमा प्रचण्ड नेपाल समूहले आपत्ति जनाएको थियो ।

यसैबीच ओली पक्षीय नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रचण्डलाई भेट्न खुमलटार पुग्नु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्