Political Hightlights
संसद् अधिवेशन बोलाउन जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको माग
२०७७ कार्तिक २३ गते १३:३३

२३ कात्तिक, २०७७ काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि संसद् अधिवेशन बोलाउन माग गर्नु भएको छ ।
उनले सत्तारुढ नेकपाको आन्तरिक किचलो उसैले छिनोफानो गरे पनि हालका लागि गम्भीर देखिएका विषयमा संसद् अधिवेशनमा छलफल गर्नुपर्ने बताउनु भएको हो ।
सामाजिक सञ्जालमा ट्वीट गर्दै डा भट्टराईले कोरोना, अर्थतन्त्र, संघीयता, भ्रष्टाचार, विदेश सम्बन्ध र अन्य विषयमा संसदमा छलफल हुनुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।
प्रतिक्रिया