Political Hightlights

नेकपा बहुमत सचिवालय सदस्यहरुले आज प्रधानमन्त्री ओलीसँग सामूहिक छलफल गर्ने

हिमालय टिभी
२०७७ कार्तिक २२ गते ७:४२
नेकपा बहुमत सचिवालय सदस्यहरुले आज प्रधानमन्त्री ओलीसँग सामूहिक छलफल गर्ने

२२ कात्तिक, २०७७ काठमाडौं। सत्तारुढ नेकपाका बहुमत सचिवालय सदस्यले आज सामुहिक रुपमा अर्का अध्यक्ष एबं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् ।

हिजो बसेको प्रचण्ड पक्षीय बुहमत सदस्यको अनौपचारिक सचिवालय बैठकले आज अध्यक्ष ओलीसँग सामूहिक रुपमा भेटेर सचिवालयको औपचारिक बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको थियो । त्यसका लागि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग पार्टीमा उत्पन्न संकटबारे छलफल गर्दैछन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित चार जना भने बैठकमा उपस्थित भएनन् । तर प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीकै सहमतिमा प्रचण्डले अनौपचारिक बैठक बोलाएको बताउनुभयो ।

यस्तो अवस्थामा औपचारिक बैठक बोलाए पार्टी विभाजन गरे सरह हुने भन्दै प्रधानमन्त्री ओलीले चेतावनी दिएपछि अनौपचारिक बैठक बोलाइएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भएको छलफल तिक्ततापूर्ण भएपछि प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाउनुभएको हो । हिजोको बैठकलाई प्रचण्डले कार्यकारी अध्यक्षको अभ्यास गर्न थालेको अर्थका रुपमा पनि व्याख्या गरिएको छ ।

यद्यपि बैठकले पार्टी विभाजन हुन नदिन ओली पक्षलाई पनि मनाएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । तर दुवै समूह आ–आफ्नो अडान र तयारीमा कायम रहने हो भने नेकपा विवादले विभाजनको रूप लिने खतरा पैदा भएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालय बैठक बोलाउन माग गरेपनि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले अस्वीकार गर्दै आउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्