Political Hightlights

बैठकका लागि ओलीलाई सामूहिक आग्रह गर्ने नेकपाका बहुमत सचिवालय सदस्यको निर्णय

हिमालय टिभी
२०७७ कार्तिक २१ गते १७:०३
बैठकका लागि ओलीलाई सामूहिक आग्रह गर्ने नेकपाका बहुमत सचिवालय सदस्यको निर्णय

२१ कात्तिक, २०७७ काठमाडौं। सत्तारुढ नेकपामा विवाद बढिरहँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सचिवालयको अनौपचारिक बैठक बोलाउनुभयो ।

धुम्वाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा सचिवालयका ९ मध्ये बहुमत पाँच सदस्य सहभागी भएका छन् । प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच भएको बैठकले प्रधानमन्त्री ओलीलाई सामूहिक रुपमा भेटेर औपचारिक बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित चार जना भने बैठकमा उपस्थित भएनन् । तर प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीकै सहमतिमा प्रचण्डले अनौपचारिक बैठक बोलाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आजको अनौपचारिक बैठकले कार्यकारी अध्यक्षले औपचारिक बैठक बोलाउन सक्ने भएपनि पार्टीको विद्यमान संकटपूर्ण परिस्थितिमा पार्टी एकतालाई जोगाएर अगाडि बढ्न सकभर सहमतिकै आधारमा बैठक बोलाउन उपयुक्त हुने कुरालाई दृष्टिगत गर्दै अध्यक्ष प्रचण्डसहित ५ जना सचिवायल सदस्यहरुले भोलि अध्यक्ष केपी शर्मा ओलीलाई सहमतिको आधारमा बैठक छिटोभन्दा छिटो बस्न अनुरोध गर्ने निर्णय गरेका छौं । यसको निम्ति हामी सामूहिक रुपमा नै अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीमा अहिलेको विद्यमान संकटलाई समाधान गर्न, सकारात्मक ढंगले पार्टीलाई अगाडि बढाउन सहमतिको आधारमा बैठक गर्ने, अहिलेसम्मको कामहरुको समीक्षा गर्ने पार्टीको निर्णयको कार्यान्वयन गर्ने, पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नाका निम्ति आवश्यक कदमहरु अगाडि चाल्नको निम्ति छिटो भन्दा छिटो बैठक गर्न अनुरोध भएका छौं ।’’

प्रधानमन्त्री ओलीसँग हिजो बालुवाटारमा भएको छलफल तिक्ततापूर्ण भएपछि प्रचण्डले आज सचिवालयको अनौपचारिक बैठक बोलाउनुभएको हो ।

बैठकमा अध्यक्ष ओली, महासचिव विष्णु पौडेल, नेताहरु रामबहादुर थापा र इश्वर पोखरेल सहभागी हुनु भएन । आजको बैठकलाई प्रचण्डले कार्यकारी अध्यक्षको अभ्यास गर्न थालेको अर्थका रुपमा पनि व्याख्या गरिएको छ ।

यद्यपि बैठकले पार्टी विभाजन हुन नदिन ओली पक्षलाई पनि मनाएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्