Political Hightlights

सभापति देउवाद्वारा विभाग गठनका विषयमा छलफल गर्न अस्वीकार

हिमालय टिभी
२०७७ कार्तिक १७ गते १९:२१
सभापति देउवाद्वारा विभाग गठनका विषयमा छलफल गर्न अस्वीकार

१७ कात्तिक, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभाग गठन गरिसकेकोले अब यसमा छलफल गर्न अस्वीकार गर्नुभएको छ ।

विभाग गठनबाहेक अन्य विषयमा छलफल गरेर जान आफू तयार रहेको पनि उहाँले प्रष्ट पार्नुभएको छ ।

पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समुहकै कारण पार्टीमा विवाद सिर्जना भएको आरोप लगाउनुभयो । १३ ‍औं महाधिवेशनलगत्तै विभाग गठन गर्न पटकपटक नाम मागे पनि पौडेल समूहले नदिएर ढिला भएको उहाँले गुनासो गर्नुभयो ।

त्यसैले अब विभागबारे आफू व्याक नहुने तर अरु विषयमा छलफल गरेर जाने देउवाले प्रष्ट पार्नुभयो । सभापति देउवाले सरकारबाट लोकतन्त्र र संविधान खतरामा रहेको भन्दै रक्षाका लागि कांग्रेस मिलेर अघि बढ्नुको विकल्प नरहेको पनि बताउनुभयो ।

१४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि सभापति शेरबहादुर देउवाले आफ्नो एक वर्षे कार्यकाल थपेर २८ वटा विभागलाई बढाएर ४७ पुर्‍याउनुभएको छ । २० वटा विभागमा सभापति देउवाले मनोनयनसमेत गरिसक्नुभएको छ ।

महाधिवेशन हत्याउने उद्देश्यका साथ देउवाले पछिल्लो निर्णय गरेको भन्दै वरिष्ठ नेता पौडेल समुहले लगातार विरोध गरिरहेको छ । र, उसले सभापति देउवाले गरेको सम्पूर्ण निर्णय खारेजीको माग गर्दै पार्टी कार्यालयमा विरोध पत्र समेत दर्ता गरेको छ ।

देउवाको पछिल्लो निर्णयमा पार्टी भित्रको तेस्रो धारका नेता कृष्णप्रसाद सिटौला मौन हुनुहुन्छ । सभापति देउवाले २१ गतेको केन्द्रीय कार्यसमितिको बैठक सम्ममा माग सम्बोधन नगरे आन्दोलन घोषणा गर्ने पौडेल पक्षको चेतावनी छ । बैठक भोलि फेरि बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्