Political Hightlights
पूर्व समूहका आधारमा समीकरण बनाएर खेल्न खोज्दा पार्टी विभाजनको अवस्थामाः पोखरेल
२०७७ कार्तिक १७ गते १५:४९
१७ कात्तिक, २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पूर्वसमूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल्न खोज्दा पार्टी विभाजन हुन लागेको बताउनुभएको छ ।
ट्वीटरमार्फत पोखरेलले एकताका बेला गरिएको सहमति विपरीत पूर्वसमूहको समीकरण बनाएर विभाजनको दुर्भाग्य निम्त्याउन खोजिएको आरोप लगाउनुभएको छ ।
व्यक्तिगत स्वार्थका लागि पार्टी विभाजन गर्न खोजिएको भन्दै पोखरेलले यसको विरोध गर्दै एकता जोगाउन पनि आह्वान गर्नुभएको छ ।
तर पूर्व समूहको आधारमा खेल कसले खेलेको छ भन्ने प्रष्ट पार्नुभएको छैन । तर ओली खेमाका नेता पोखरेलले प्रहार प्रचण्डप्रति नै लक्षित छ ।
प्रतिक्रिया