Political Hightlights

नेकपा एकता रक्षाका निम्ति सक्रिय पहल गर्न प्रवक्ता श्रेष्ठको अपिल

हिमालय टिभी
२०७७ कार्तिक १७ गते १३:१३
नेकपा एकता रक्षाका निम्ति सक्रिय पहल गर्न प्रवक्ता श्रेष्ठको अपिल

१७ कात्तिक, २०७७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा( विभाजनको संघारमा पुगेको बेला पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एकताको पक्षमा दृढतापूर्वक उभिन र आ–आफ्नो ठाउँबाट एकता रक्षाका निम्ति सक्रिय पहल गर्न अपिल गर्नुभएको छ ।

पार्टी फुट कदापि उचित र सही हुन नसक्ने बताउँदै प्रवक्ता श्रेष्ठले फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकहरुको चाहना र जनादेशविरुद्ध हुने बताउनुभएको छ ।

नेता श्रेष्ठले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सकारात्मक निष्कर्ष निकाल्न शीर्ष नेतालाई आग्रह गर्नुभएको छ । व्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान नदिने श्रेष्ठको भनाइ छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता महान क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर र धेरै ठूलो मेहनत पसिना लगाएर हाँसिल गरिएको स्मरण गर्दै प्रवक्ता श्रेष्ठले यसको विफलता र पार्टी फुट कदापि उचित र सही हुन नसक्ने उल्लेख गर्नुभएको छ ।

पछिल्लो समय पार्टी तथा सरकार सन्चालनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच गम्भीर मतभेद सार्वजनिक भएका छन् ।

प्रचण्डसँगको भेटमा अर्का अध्यक्ष ओलीले पार्टी फुटाउन प्रस्ताव राखेको समाचार बाहिरिएपछि राजनीतिमा नयाँ तरंग पैदा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्