Political Hightlights

फुटको संघारमा पुगेको नेकपा नेताहरु आन्तरिक छलफलमा

हिमालय टिभी
२०७७ कार्तिक १७ गते १३:०६
फुटको संघारमा पुगेको नेकपा नेताहरु आन्तरिक छलफलमा

१७ कात्तिक, २०७७ काठमाडौं । फुटको संघारमा पुगेको भनिएको सत्तारुढ नेकपाका नेताहरु आज आन्तरिक छलफलमा जुटेका छन् ।

शीर्ष नेताले आफु निकटसँग द्धिपक्षीय र बहुपक्षीय छलफल गरिरहेका छन् । मध्यमार्गी नेताहरु पार्टीलाई फुटबाट जोगाउन दौडधुप गरिरहेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका नेतासँग बालुवाटारमा छलफल गरिरहनुभएको छ ।

यता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले पनि आन्तरिक छलफल गरिरहेको छ । पछिल्लो समय ओलीसँग नझुक्ने नीति अतिख्यार गरेको प्रचण्ड पक्षले अबको दुईदेखि ३ दिनभित्रमा पार्टी विभाजन हुने कि आफ्ना कमीकमजोरीलाई सुधार गरेर जाने स्पष्ट हुने बताएको छ ।

११ दिनपछि शनिबार ओली र प्रचण्डबीच भएको तिक्ततापूर्ण संवादपछि नेकपा गम्भीर मोडमा आइपुगेको छ । महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा बादलले पार्टी फुटन नदिन दुबै पक्षका नेतालाई भेटेर मनाउने प्रयास गरिरहनु भएको छ ।

अध्यक्ष ओलीले सधै झगडा गर्नुभन्दा सहमतिमै अलग हुन प्रस्ताव राखेपछि नेकपा विवादले नयाँ मोड लिएको छ । दुबै पक्षले राजधानी बाहिर रहेका नेताहरुलाई काठमाडौं बोलाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्