Political Hightlights

रअ प्रमुखको भ्रमण र भेट गोप्य राखेर झनै धेरै आशंका बढ्योः कांग्रेस नेता डा. महत

हिमालय टिभी
२०७७ कार्तिक १६ गते १५:१८
रअ प्रमुखको भ्रमण र भेट गोप्य राखेर झनै धेरै आशंका बढ्योः कांग्रेस नेता डा. महत

१६ कात्तिक, २०७७ काठमाडौं । पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले भारतीय गुप्तचर संस्था रअका प्रमुखको भ्रमणका के का लागि थियो भनेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गर्नुभएको छ ।

हिमालय टेलिभिजनसँग कुरा गर्दै पूर्व परराष्ट्रमन्त्री महतले भ्रमणको उद्देश्य गोप्य राखिएकोल झन धेरै शंका गर्ने ठाउँ रहेको बताउनुभयो । अहिले प्रक्रियाको कुरा मात्रै उठेको तर भ्रमणको उद्देश्य के थियो भन्ने अहिलेसम्म प्रष्ट नभएको महतले बताउनुभयो ।

प्रधानमन्त्री ओली देशको भन्दा व्यक्तिगत स्वार्थमा अघि बढेको र विदेशी शक्तिको आडमा सत्ता टिकाउन खोजेको महतको आरोप छ । सत्ताका लागि प्रधानमन्त्री ओलीले जोसँग जस्तो सुकै सम्झौता गर्न सक्ने पूर्व परराष्ट्रमन्त्री महतको दावी छ ।

राष्ट्रियताका विषयमा पनि प्रधानमन्त्री ओलीको दोहोरो चरित्र देखाएको महतको आरोप छ ।

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँगको भेटका कारण प्रधानमन्त्री ओली अहिले विवादमा हुनुहुन्छ ।

पहिलो गोप्य राख्न खोजिएको भेट सर्वत्र विरोधपछि सार्वजनिक गर्दै गोयल विशेष दूत बनेर आएको प्रधानमन्त्रीको सचिवालयले प्रष्टिकरण दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्