Political Hightlights

कांग्रेस सभापति देउवाले बोलाए सोमबार शीर्ष नेताहरुको बैठक

हिमालय टिभी
२०७७ कार्तिक १४ गते १४:३३
कांग्रेस सभापति देउवाले बोलाए सोमबार शीर्ष नेताहरुको बैठक

१४ कात्तिक, २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबारका लागि शीर्ष नेताको बैठक बोलाउनुभएको छ ।

२१ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकअघि पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी लगायतसँग छलफल गर्न लागिएको सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिनुभयो ।

केन्द्रीय कार्यसमिति बैठक अघि आशंका मेट्ने प्रयास हुने महतले बताउनुभयो । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले देउवाले महाधिवेशन कब्जा गर्ने गरी निर्णय गरिरहेको भन्दै विभाग गठन, मनोनयन क्रियाशील सदस्यता लगायतका निर्णय खारेज गर्न माग गर्दै यसअघि नै विरोध पत्र बुझाएको थियो ।

त्यसैले यो छलफललाई असोज १७ को छलफलको निरन्तरता मानिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेका मागबारे छलफल गर्न असोज १७ गने शीर्ष नेताको बैठक बसेको थियो ।

१९ गते केन्द्रीय कार्यसमिति बैठक थियो । तर केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि शीर्ष नेताहरुको छलफल र केन्द्रीय कार्यसमिति बैठक दुवै प्रभावित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्