Political Hightlights

नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धास्थल बन्ने खतरा : अध्यक्ष थापा

हिमालय टिभी
२०७७ कार्तिक १४ गते १३:००
नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धास्थल बन्ने खतरा : अध्यक्ष थापा

१४ कात्तिक, २०७७ काठमाडौं । पूर्व परराष्ट्रमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्त गोयललाई भेटेको विषय विवादित बनेका बेला थापाले सत्तारुढ र प्रमुख प्रतिपक्ष दलको अकर्मण्यताका कारण नेपाल अन्तर्राष्ट्रिय केन्द्रको प्रतिस्पर्धास्थल बन्न लागेको बताउनुभयो ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत थापाले देशको स्वतन्त्रता र अस्तित्वबारे समयमै सचेत बन्न आग्रह गर्नुभएको छ ।

कात्तिक ५ गते नेपाल आएका गोयलले प्रधानमन्त्री ओलीसँग राति बालुवाटारमा भेट गर्नुभएको थियो । त्यो भेटको विषयलाई लिएर प्रधानमन्त्री ओलीको पार्टी भित्रैबाट विरोध भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्