पूर्वराजदूत उपाध्यायले भने–रअ प्रमुखलाई ठाउँ दिएर ओली सरकारले कूटनीति असफल बनायो (भिडियोसहित)
१३ कात्तिक, २०७७ काठमाडौं । भारतका लागि नेपाली पूर्व राजदूत एवं कांग्रेस नेता दीपकुमार उपाध्यायले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई ठाउँ दिएर ओली सरकारले कूटनीति असफल पारेको टिप्पणी गर्नुभएको छ ।
नेपाल प्रेस यूनियन कपिलवस्तु शाखाले गरेको पत्रकार भेटघाटमा उपाध्यायले भारतले फेरि राजनीतिक सम्बन्धलाई जासुसी संस्थामार्फत व्यवस्थापन गर्न खोजेको र यसलाई ठाउँ दिएको भन्दै आपत्ति जनाउनुभयो ।
रअ प्रमुखले नेपालको अन्तर्राष्ट्रिय हैसियत र कूटनीतिमाथि नै प्रश्न उठ्ने गरी राजनीतिक तहको भेटघाट गर्नु गम्भीर विषय भएको उपाध्यायले टिप्पणी गर्नुभयो प्रधानमन्त्री केपी शर्मा ओली र रअका प्रमुख सामन्तकुमार गोयलबीचको भेटमा भएका छलफलका विषय सार्वजनिक गर्न पनि उहाँले माग गर्नुभयो ।
रअ प्रमुख गोयलको नेपाल भ्रमणलाई लिएर सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्रैबाट आलोचना भइरहेको छ ।
प्रतिक्रिया