कात्तिक १५ गतेदेखि बस्ने भनिएको नेकपा केन्द्रीय कमिटी बैठक स्थगित

१२ कात्तिक, २०७७ काठमाडौं । कात्तिक १५ गतेका लागि बोलाइएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक स्थगित भएको छ ।
पार्टी कार्यालय सचिव ईश्वरी रिजाल र श्रीराम ढकालले विज्ञप्ति निकालेर कोरोना महामारीका कारण बैठक स्थगित भएको जानकारी दिनुभएको छ ।
अब बैठक एक महिनापछि अर्थात मंसिर १५ देखि १७ गतेसम्म बस्नेछ । भदौ अन्तिम साता बसेको नेकपाको स्थायी कमिटी बैठकले महाधिवेशनका तयारीका लागि भन्दै कात्तिक १५ गते देखि १७ सम्म बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको थियो ।
स्थायी कमिटी बैठकले महाधिवेशनको तयारी स्वरुप कात्तिक १५ मा केन्द्रीय कमिटी बैठक बस्ने, असोज महिनाभित्र पार्टी एकतका बाँकी काम सक्ने, मंसिर भित्र सदस्यता नवीकरण लगायतका काम सक्ने भनेपनि निर्णयअनुसार कामहरु हुन सकेका छैनन् ।
त्यसमाथि मन्त्रिपरिषद पूनर्गठनसँगै नेकपा भित्र थप विवाद बढेको छ ।
प्रतिक्रिया