आर्थिक

तरकारी खेतीले यसरी फेरियो धनकुटेली किसानको जीवनस्तर (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १० गते १८:५०
तरकारी खेतीले यसरी फेरियो धनकुटेली किसानको जीवनस्तर (भिडियोसहित)

१० कात्तिक, २०७७ धनकुटा । कुनै समय धनकुटाको माथिल्लो भेगका डाँडा घँघारु र चुथ्रोघारीले छोपिन्थे । तर अहिले यी डाँडाको परिचय फेरिएको छ ।

यहाँ अहिले बाह्रै महिना तरकारी फल्छ, र तरकारी खेतीले यी डाँडा निकै रहरलाग्दा देखिन्छन् । यो क्षेत्रमा तरकारीको व्यवसायिक उत्पादन सुरु भएसँगै खाद्यान्नको जोहो गर्न बेसी झर्नुपर्ने र अरुकोमा मजदुरी गर्नुपर्ने बाध्यता पनि हटेको छ ।

व्यवसायिक तरकारी खेती शुरु भएसँगै यस क्षेत्रका युवाको विदेश मोहसमेत घटेको छ । अधिकांश युवा खेतबारीमै भेटिन्छन् । केही युवा विदेशबाट फर्किएर कृषि पेसा अँगालेका छन् । विदेशमा गरिने दुःख यही गर्दा विदेशको भन्दा राम्रो आम्दानी हुने गरेको उनीहरुको अनुभव छ ।

व्यवसायिक तरकारी खेती शुरु भएपछि धनकुटाको धनकुटा नगरपालिका वडा नम्बर २ गुराँसेका किसानको दिनचर्या फेरिएको छ । पहिले पहिले आफ्नो क्षेत्रमा उत्पादन भएको आलु बेसी लगेर धानसँग साटेर जिविकोपार्जन गर्नु पर्थ्यो। यसरी साटेको धानले केही महिनाका लागि मात्र खान पुग्थ्यो । बाँकी समय अरुकोमा दैनिक ज्यालादारीमा काम गर्नुपर्थ्यो । अहिले धान साट्न बेसी झर्नु पर्दैन । तरकारी तथा आलुको बिउ खोज्दै बेसीका मान्छे आँगनमा आउने गरेका छन् ।

डेढ दशकयता धनकुटाको माथिल्लो क्षेत्रका १५ हजार किसानले बेमौसमी तरकारी खेतीलाई आम्दानीको मुख्य माध्यम बनाएका छन् । यहाँका किसानले एक रोपनी बराबर वार्षिक दुई लाखसम्म आम्दानी गर्दै आएका छन् ।

यहाँको बारीमा एक बर्षमा तीन फसल बाली उत्पादन हुने गरेको छ । बन्दाकोपी, मटरकोसा, काउली, आलु, मुला यस क्षेत्रमा उत्पादन हुने मुख्य तरकारी बाली हुन् । सिप्रट नामक संस्थाको सहयोगमा २०६० सालबाट यस क्षेत्रमा व्यवसायिक तरकारी खेती शुरु भएको हो ।

व्यवसायिक तरकारी खेती शुरु भएसँगै यस क्षेत्रका युवाको विदेश मोहसमेत घटेको छ । अधिकांश युवा खेतबारीमै भेटिन्छन् । केही युवा विदेशबाट फर्किएर कृषि पेसा अँगालेका छन् । विदेशमा गरिने दुःख यही गर्दा विदेशको भन्दा राम्रो आम्दानी हुने गरेको उनीहरुको अनुभव छ ।

व्यावसायिक तरकारी खेतीले धनकुटाका किसानलाई निर्वाहामूखीबाट माथि उठाउन सहयोग पुर्‍याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *