Political Hightlights

शाहलाई मुख्य सचेतकको जिम्मेवारी दिन कर्णालीका मुख्यमन्त्रीलाई प्रधानमन्त्री ओलीको निर्देशन

हिमालय टिभी
२०७७ कार्तिक ७ गते १३:०८
शाहलाई मुख्य सचेतकको जिम्मेवारी दिन कर्णालीका मुख्यमन्त्रीलाई प्रधानमन्त्री ओलीको निर्देशन

७ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशका मुख्य सचेतकमा गुलाबजंग शाहलाई नै जिम्मेवारी दिन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई निर्देशन दिनुभएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री एवं संसदीय दलका नेता शाहीलाई पत्र लेख्दै प्रधानमन्त्री ओलीले हटाउने निर्णय फिर्ता गरी शाहलाई पूर्ववत जिम्मेवारी दिन निर्देशन दिनुभएको हो ।

पत्रमा प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्तावमा शाहले हस्ताक्षर गर्न नमानेको समेत उल्लेख गर्नुभएको छ । अविश्वास प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री शाहीले मुख्य सचेतक शाहलाई पदमुक्त गरी सीताकुमारी नेपालीलाई मुख्य सचेतक बनाउनुभएको थियो ।

ओलीको पछिल्लो निर्देशनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सम्बन्ध थप जटिल र गम्भीर बनेको प्रष्ट हुन्छ ।

यसअघि पार्टीका निर्णय दुई अध्यक्षको हस्ताक्षरसहित पठाउने गरिएकोमा यसपटक कर्णाली विवाद चर्किँदा ओलीको मात्रै हस्ताक्षर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्