Political Hightlights

कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव नेकपा संसदीय दलद्वारा अस्वीकृत

हिमालय टिभी
२०७७ कार्तिक ७ गते १२:५३
कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव नेकपा संसदीय दलद्वारा अस्वीकृत

७ कात्तिक, २०७७ सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

आज बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभा संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो ।

प्रस्तावको विपक्षमा १८ मत परेको थियो भने प्रस्तावका पक्षधरले बैठक बहिस्कार गरेको छ । आजको बैठकमा मुख्यमन्त्री शाहीले नयाँ प्रमुख सचेतक र सचेतकको नियुक्तिबारे संसदीय दललाई जानकारी गराउनुभएको थियो ।

त्यसपछि अविश्वास प्रस्तावमाथि विश्वासको मत लिने प्रक्रिया अघि बढाइएको थियो। अविश्वासको प्रस्ताव अस्वीकार भएसँगै प्रदेशमा मन्त्रिमन्डल पुनर्गठनका लागि ढोका खुलेको छ।

प्रचण्ड र नेपाल समूहबीच यसका लागि सहकार्य र शक्ति बाँडफाँड भएको थियो ।

यसअघि नेकपाकै नेता यामलाल कँडेलसहितका १८ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर पछि माधवकुमार नेपाल पक्षका ७ जनाले प्रस्ताव फिर्ता लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्