Political Hightlights

शीर्ष तहमा सहमति हुन नसकेपछि कर्णाली नेकपा विवाद प्रदेशमै टुंग्याउने तयारी

हिमालय टिभी
२०७७ कार्तिक ५ गते १८:४८
शीर्ष तहमा सहमति हुन नसकेपछि कर्णाली नेकपा विवाद प्रदेशमै टुंग्याउने तयारी

५ कात्तिक, २०७७ काठमाडौं । पार्टीका शीर्ष नेताबीच सहमति हुन नसकेपछि सत्तारुढ नेकपाको कर्णाली प्रदेश विवाद गुटगत आधारमा प्रदेशबाटै निकास दिने गरी अघि बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति हुन नसकेपछि प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच समीकरण बनाएर निकास खोज्ने सहमति भएको छ ।

ओली र उहाँ निकट नेता सहमतिमा नभएपछि प्रचण्ड र नेपाल समूहले शक्ति बाँडफाँड गरी समस्या समाधान गर्ने तयारी गरेको छ ।र, पर्सि बस्ने बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा बहुमत प्रमाणित गरिनेछ ।

प्रचण्ड र नेपाल समूहबीच सहमति भए अनुसार मुख्यमन्त्री शाहीले दलमा अविश्वास प्रस्तावको विरुद्धमा बहुमत पुष्टि गर्ने एक नेताले बताएका छन ।

विवाद समधानका लागि भनेर शीर्ष नेताले बोलाएर काठमाण्डौ आएका कर्णाली प्रदेशका नेता फर्किन शुरु गरेका छ । खुमलटारमा आज भएको छलफलपछि कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका प्रतिनिधि प्रदेश फर्किएका छन् ।

खुमलटार स्रोतका अनुसार त्यो बैठकमा मुख्यमन्त्री शाहीले आफ्नो कार्यशैली सुधार गर्ने प्रतिवद्धतासहित आत्मालोचना गर्नुहुनेछ । नेपाल पक्षका सांसदले अविश्वास प्रस्ताव फिर्ता लिने र दशै लगत्तै मन्त्रीपरिषद् पुनर्गठन गर्ने सहमति भएको छ ।

यसलाई संसदीय दलको बैठकले औपचारिक दिएपछि अविश्वासको प्रस्तावको च्याप्टर क्लोज हुने प्रचण्ड नेपाल पक्षले विश्वास छ । तर, ओली पक्षीय नेताहरुले भने प्रस्ताव संसदीय दलको बैठकमा नजाने बताएका छन ।

विवाद समाधानको लागि ‌ओली र प्रचण्डले काठमाडौं बोलाएकोले समाधान दिनुपर्ने उनीहरुको मत छ । ‌ओली पक्षीय नेताहरु काठमाडौंमै छन् । भदौ २५ गते नेकपाका ३२ प्रदेश सांसदमध्ये यामलाल कंडेलको नेतृत्वमा १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्