Political Hightlights

जसपाको केन्द्रीय कार्यकारिणी परिषद बैठक आज पनि जारी

हिमालय टिभी
२०७७ कार्तिक ४ गते १३:३५
जसपाको केन्द्रीय कार्यकारिणी परिषद बैठक आज पनि जारी

४ कात्तिक, २०७७ काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी परिषद् बैठक दोस्रो दिन आजपनि जारी छ ।

ललितपुरमा जारी बैठकमा संघीय परिषद् र केन्द्रीय समिति गठन, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने विषयमा छलफल भइरहेको छ ।

बैठकले पूर्वप्रधानमन्त्री भट्टराईसँगै तत्कालीन राजपाका अध्यक्ष मण्डलका सदस्य रहेका राजकिशोर यादव, महिन्द्रराय यादव, अनिल झालगायतका नेताहरुको कार्यविभाजन गर्नेछ । हिजोको बैठकले पार्टीको विधान संशोधनसहित पारित गरेको थियो ।

यसैगरी, बैठकले सांसदहरुको दशैं भत्ता खारेज गर्न र कोभिड–१९ पीडितलाई राहत दिन माग पनि गरेको छ । जसपाका सबै सांसदले दशैं भत्ता नलिने निर्णय गरेका थिए ।

जसपाको कार्यकारिणी समितिमा ५१ जना छन् । तत्कालीन समाजवादी र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर जसपा बनेको ६ महिना बितिसक्दा पनि केन्द्रीय समिति बन्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्