Political Hightlights

दशैं भत्ता फिर्ता गर्ने नेकपा, कांग्रेस र जसपाको निर्णय, रकम कोभिड कोषमा जम्मा गरिने

हिमालय टिभी
२०७७ कार्तिक ३ गते १८:४९
दशैं भत्ता फिर्ता गर्ने नेकपा, कांग्रेस र जसपाको निर्णय, रकम कोभिड कोषमा जम्मा गरिने

३ कात्तिक, २०७७ काठमाडौं । चौतर्फी विरोध भएपछि सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सबै सांसदको दशैं भत्ता फिर्ता गरेका छन् ।

दुवै दलले संघीय सांसदको दशैं भत्ता “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा जम्मा गर्ने निर्णय गर्दै त्यसै अनुसार व्यवस्था गर्न संसद सचिवालयमा जानकारी गराएका छन् ।

पार्टीले दुवै सदनमा २ सय ३६ जना सांसदको दशैं भत्ता कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

यस्तै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले पनि दुवै सदनका ६९ जना सांसदको दशैं भत्ता नलिने निर्णय गर्दै कोभिड कोषमा जम्मा गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

नेकपाका २ सय ३६ जना सांसदको भत्ताबापतको रकम १ करोड ५१ लाख २० हजार ५ सय १० र कांग्रेसको ४३ लाख २० हजार ८ सय १० रुपैयाँ हुन्छ ।

नागरिक कोरोनाको पीडामा रहेका बेला सांसदले दशैं भत्ता बुझेपछि चौतर्फी आलोचना भैरहेको छ । र, त्यसपछि लाजका कारण सांसदले व्यक्तिगत रुपमा दशैं भत्ता फिर्ता गरिरहेका बेला सत्तारुढ र प्रमुख प्रतिपक्षी दलले संस्थागत निर्णयमार्फत दशैं भत्ताको रकम कोभिड कोषमा पठाउने निर्णय गरेका हुन् ।

नागरिकले चर्को आलोचना गरेपछि भत्ता फिर्ता गरेपनि भावी दिनमा यस्तो समस्या आउँदा के गर्ने भन्ने विधि बनाउन भने दलहरुले ध्यान दिएका छैनन् ।

यस्तै जनता समाजवादी पार्टीले पनि दशैं भत्ता नलिने र कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभामा ३३ र राष्टिय सभामा चार गरी जसपाका ३७ सांसद छन् । उसले दशैं भत्ता खारेज गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्