Political Hightlights
मन्त्रिपरिषद् पुनर्गठन पार्टी निर्णयविपरीतः नेता रावल
२०७७ कार्तिक २ गते १६:१२

२ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य डाक्टर भीम रावलले मन्त्रिपरिषद पुनर्गठनलाई पार्टी निर्णय विपरीत भएको बताउनु भएको छ।
हिमालय टेलिभिजनसँग संक्षिप्त कुरा गर्दै रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमप्रति आपत्ति जनाउनुभएको हो ।
प्रधानमन्त्रीको पछिल्लो कदम स्थायी कमिटी बैठकको निर्णयविपरीत भएको रावलको टिप्पणी छ । प्रदेशमा पनि छिटो मन्त्रिपरिषद हेरफेर हुनुपर्नेमा रावलले जोड दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट तीन नेतालाई राखेर मन्त्रिपरिषद हेरफेर गरेपछि नेकपामा विवाद बढेको छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको असहमतिकाबीच पनि प्रधानमन्त्रीले मन्त्रिपरिषद हेरफेर गर्नुभएको हो ।
प्रतिक्रिया