Political Hightlights

कर्णाली पार्टी विवादबारे छलफल गर्न प्रचण्डद्वारा बालुवाटार जान अस्वीकार

हिमालय टिभी
२०७७ कार्तिक १ गते १३:०७
कर्णाली पार्टी विवादबारे छलफल गर्न प्रचण्डद्वारा बालुवाटार जान अस्वीकार

१ कात्तिक, २०७७ काठमाडौं । कर्णाली प्रदेशको विवाद समाधानका लागि मुख्यमन्त्री र नेताहरुसहित संयुक्त छलफल गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रस्ताव सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गर्नुभएको छ ।

बिहान फोन गरेर ओलीले मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेशका सहइञ्चार्ज एवं अविश्वास प्रस्तावका अगुवा यामलाल कँडेलसहितको टोलीसँग छलफल गरौं भने पनि प्रचण्डले अस्वीकार गर्नुभएको हो ।

बैठकका लागि बालुवाटारबाट निम्तो आए पनि प्रधानमन्त्री ओलीले कर्णालीका नेताहरुसँग छलफल गरिसकेपछि मात्रै संयुक्त रुपमा बस्ने जवाफ प्रचण्डले दिएको प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

प्रदेशमा उत्पन्न विवाद समाधानका लागि नेकपा अध्यक्ष ‌ओली र प्रचण्डले छलफलका लागि बोलाएपछि कर्णाली प्रदेशबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टी अध्यक्ष गोरखबहादुर बोगटी, प्रदेश कमिटीका सहइन्चार्ज यामलाल कँडेल, प्रमुख सचेतकबाट निलम्बित गुलावजंग शाह, र प्रदेश कमिटीका सचिव मायाप्रसाद शर्मा, प्रकाश ज्वाला, चन्द्रबहादुर शाहीलगायत तीनै गुटका नेता तीनदेखि काठमाडौंमा छन् ।

गत बिहीबार छलफलका लागि बोलाइए पनि ओलीले समय दिनु भएको थिएन । कर्णाली प्रदेशका मुख्यमन्त्रीको राजीनामा र मन्त्रिपरिषद् पुनर्गठनलाई लिएर बल्झिएको नेकपाको विवाद समाधानका लागि दुुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच दूरी बढेसँगै थप विवाद हुने देखिएको छ । असोज २७ गतेयता ओली र प्रचण्डबीच भेट भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्