कोरोना नियन्त्रणमा सरकार गम्भिर नभए आन्दोलनमा उत्रने कांग्रेसको चेतावनी

Himalaya Television
२०७७ असोज ३० गते १८:०७

कोरोना नियन्त्रणमा सरकार गम्भिर नभए आन्दोलनमा उत्रने कांग्रेसको चेतावनी

सरकार भ्रष्टाचार गर्न तल्लिनः देउवा

३० असोज, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड १९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलन गर्ने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड १९ रोकथाम तथा नियत्रणका लागि गम्भीर नभएकाले दशैंलगत्तै विरोधका औपचारिक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताउनुभएको हो ।

कांग्रेसले गठन गरेको कोभिड १९ सम्बन्धी अनुगमन समितिले तयार पारेको प्रतिवेदन बुझेपछि सभापति देउवाले दशैंलगत्तै संसदभित्र र बाहिर देशैभर सशक्त विरोध कार्यक्रम गर्ने बताउनुभएको हो ।

कोभिड १९ संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रुपमा फैलिएको उहाँले बताउनुभयो । सरकार संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काम गर्न भन्दा पनि भ्रष्टाचार गर्नमा तल्लिन रहेको पनि सभापति देउवाले बताउनुभयो ।

औषधिको व्यवस्था, क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटर लगायतको व्यवस्था गरी उपचार गर्नु सरकारको कर्तव्य भएको तर कुनै पनि काम जिम्मेवारीपूर्वक नगरेको बताउनुभयो ।

नेपाली कांग्रेसका सहमहामन्त्री एवं कोभिड १९ अनुगमन समितिका संयोजक प्रकाशसरण महतले सरकार नागरिकको स्वास्थ्य सुरक्षा र दैनिक जीवनमा परेको आर्थिक, सामाजिक कठिनाइप्रति संवेदनशील नभएको बताउनुभयो ।

उहाँले सरकारलाई जिम्मेवार बनेर काम गर्न समेत माग गर्नुभयो । कोभिड १९ का कारण नागरिक समस्यामा परेको भन्दै उद्धार र राहातको सुमचित व्यवस्था गर्न र देशको अर्थतन्त्रलाई बचाउन समेत माग गर्नुभयो ।

कांग्रेसद्धारा गठित अनुगमन समितिले विभिन्न क्षेत्रका व्यक्ति, विज्ञ र कोभिड १९ रोकथाम तथा नियत्रणमा खटिएका व्यक्तिहरुसँग समन्वय गरी अनुगमन गरेको थियो । समितिले कोभिड १९ संक्रमण समुदायस्तरमा फैलिँदासमेत सरकार गम्भीर नबनेको निष्कर्ष निकालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs