Political Hightlights

नेकपा कर्णाली प्रदेश संसदीय दलमा विवाद चुलिँदै, मुख्यमन्त्रीद्वारा प्रमुख सचेतक पदमुक्त

हिमालय टिभी
२०७७ असोज २६ गते १५:०३
नेकपा कर्णाली प्रदेश संसदीय दलमा विवाद चुलिँदै, मुख्यमन्त्रीद्वारा प्रमुख सचेतक पदमुक्त

२६ असोज, २०७७ सुर्खेत । काठमाडौंमा शीर्ष नेताबीच विवाद समाधानका लागि प्रयास भैरहँदा नेकपा कर्णाली प्रदेश संसदीय दलमा भने विवाद झन बढेको छ ।

प्रमुख सचेतक गुलाबजंग शाहले अविश्वास प्रस्तावबारे छलफल गर्न भोलिका लागि संसदीय दलको बैठक बोलाएपछि मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई पदमुक्त गर्नुभएको छ ।

काम सन्तोष जनक नभएको भन्दै शाहीलाई शाहलाई हटाएर सीताकुमारी नेपालीलाई प्रमुख सचेतक बनाउनुभएको छ । शाहीले यसको जानकारी पार्टी केन्द्रमा पनि गराउनुभएको छ ।

यसअघि प्रमुख सचेतक शाहले शाहीविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि छलफल गर्न भोलिका लागि नेकपा संसदीय दलको बैठक बोलाउनुभएको थियो ।

प्रमुख प्रमुख सचेतक गुलाबजङ्ग शाहले मंगलबार दिउँसो १ बजेका लागि दलको बैठक बोलाउनुभएको हो । दलको नेतासँग छलफल नै नगरी बैठक बोलाइएको भन्दै मुख्यमन्त्री शाही पक्षले असन्तुष्टि जनाएको थियो ।

यामलाल कँडेलको नेतृत्वमा पूर्व माओवादी तर्फका तीनसहित १८ जनाले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । ४० सदस्यीय कर्णाली प्रदेशमा नेकपाका ३३ सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्