Political Hightlights

विप्लव निकट मोर्चासहित २१ साना वामपन्थी पार्टीद्वारा सरकारविरुद्ध आन्दोलन घोषणा

हिमालय टिभी
२०७७ असोज २५ गते १५:०८
विप्लव निकट मोर्चासहित २१ साना वामपन्थी पार्टीद्वारा सरकारविरुद्ध आन्दोलन घोषणा

२५ असोज, २०७७ काठमाडौं । नेत्रविक्रम चन्द विप्लव निकट मोर्चासहितको संलग्नतामा विभिन्न साना वामपन्थी पार्टीले ओली सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका छन् ।

नेकपा, मसाल, नेकपा क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र, वैज्ञानिक समाजवादी पार्टीसहितका दल र संस्था गरी विभिन्न २१ वटा संगठनले सरकारविरुद्ध आन्दोलन घोषणा गरेका हुन् ।

यसमा विप्लव नेतृत्वको नेकपा निकट राष्ट्रिय जागरण मञ्च पनि छ । २१ राजनीतिक संगठनको बैठकले असोज २९ गते दिउँसो १ बजे माइतीघर मण्डलामा सरकार विरुद्ध ‘सशक्त’ प्रदर्शन गर्ने निर्णय गरेको छ ।

एमसीसीको खारेजी, भारतले अतिक्रमण गरेको भूमि फिर्ता, कोभिडमा भ्रष्टाचार र सरकारको गैरजिम्मेवारीलाई उनीहरुले आन्दोलनको एजेण्डा बनाएका छन ।

कोभिडको निःशुल्क उपचार, भोकमरीबाट पीडित जनताका लागि खाद्यान्न, अविलम्ब रोजगारीको व्यवस्था, बलात्कार र हत्याजस्ता अपराधको नियन्त्रण र अपराधीमाथि कारवाही हुनुपर्ने उनीहरुको माग छ ।

केपी ओली नेतृत्वको वर्तमान सरकारले राष्ट्रघात र जनघात गरेको तथा ओली सरकारविरुद्ध जनतामा आक्रोश बढेको उनीहरुको ठहर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्