Political Hightlights
शरदराज पाठक साझा पार्टीको प्रवक्ता नियुक्त
२०७७ असोज २४ गते १३:४४
२४ असोज, २०७७ काठमाडौं । साझा पार्टीले शरदराज पाठकलाई प्रवक्ता नियुक्त गरेको छ ।
छ महिनादेखि पार्टीको सहप्रवक्ताको भूमिकामा रहेका पाठकलाई आज प्रवक्ता नियुक्त गरिएको संयोजक रवीन्द्र मिश्रले जानकारी दिनुभयो ।
यसअघि पार्टी प्रवक्ता डा. सूर्यराज आचार्य हुनुहुन्थ्यो । नेतृत्वसँग असमझदारी भएपछि आचार्य पार्टीबाट बाहिरिनुभएको थियो ।
प्रतिक्रिया