Political Hightlights

पूर्वकोषाध्यक्षको निधनको शोकमा भोलिको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

हिमालय टिभी
२०७७ असोज २४ गते १३:२९
पूर्वकोषाध्यक्षको निधनको शोकमा भोलिको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

२४ असोज, २०७७ काठमाडौं । नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले पार्टीका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको निधनमा भोलि पार्टी कार्यालय बन्द रहने भएकाले बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।

काँग्रेसमा पार्टीका पूर्वपदाधिकारीको निधन हुँदा एक दिन, पार्टीको केन्द्रीय तथा जिल्ला कार्यालय बन्द र तीन दिन झण्डा झुकाउने परम्परा छ ।

पौडेलकाअनुसार नेताहरुबीच छलफल गरेर बैठकको अर्को मिति तय हुनेछ । यसअघि असोज १९ गते बस्ने भनिएको बैठक पनि केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापा, शम्भुलाल श्रेष्ठलगायतका नेताहरुलाई कोरोना देखिएपछि स्थगित गरिएको थियो ।

कांग्रेसले महाधिवेशनको मिति हेरफेर, पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले दर्ता गराएको विरोध पत्र, संसदको विशेष अधिवेशन माग, सरकारविरुद्ध आन्दोलनको तयारीलगातयका विषयमा छलफल गर्न बैठक बोलाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्