Political Hightlights

नेताहरुमा कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चित

हिमालय टिभी
२०७७ असोज १८ गते १२:५३
नेताहरुमा कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चित

१८ असोज, २०७७ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पनि अनिश्चित भएको छ। केही नेतामा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय कार्यालय नै ५ दिनका लागि बन्द गरिएको छ । जसले गर्दा बैठक अनिश्चित बनेको हो ।

भोलिका लागि बोलाइएको बैठकमा कोरोना जोखिम न्यूनिकरण गर्नका लागि भन्दै कांग्रेसले केन्द्रीय सदस्यहरु, पदाधिकारी, कार्यालयका कर्मचारी र नेताका सुरक्षाकर्मीको स्वाब परीक्षण गरेको थियो । जसमा केही नेतालाई कोरोना पुष्टि भएसँगै बैठक अनिश्चित भएको हो।

गत बिहीबार कांग्रेस केन्द्रीय कार्यालयमै २ सय ४१ जनाको स्वाब संकलन गरिएको थियो। रिपोर्ट आउँदा ४ जना नेतालाई कोरोना संक्रमण पुष्टि भए पछि बैठक अनिश्चित भएको हो।

केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ र कल्पना चौधरीमा कोरोना संक्रमण देखिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।

भोलि बस्ने भनिएको बैठकमा आगामी फागुनमा हुने भनिएको महाधिवेशन मिति सार्ने तथा, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ध्यानाकर्षण गराएको पत्रमाथि छलफल हुने तय थियो। तर अब बैठक नै अनिश्चित बनेको हो । आज बस्ने भनिएको पदाधिकारीको बैठक पनि स्थगित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्