Political Hightlights

ओलीको एकलौटी राजनीतिक नियुक्तिले सत्तारुढ नेकपा किचलो शुरु

हिमालय टिभी
२०७७ असोज १६ गते ७:२२
ओलीको एकलौटी राजनीतिक नियुक्तिले सत्तारुढ नेकपा किचलो शुरु

१६ असोज, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र फेरी किचलो शुरु भएको छ ।

पार्टी निर्णय तथा सहमतिविपरीत प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक नियुक्ति गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता असन्तुष्ट भएका छन् ।

प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाललगायत असन्तुष्ट नेता सचिवालय बैठक बस्नुपर्ने निष्कर्षमा पुगेका छन् । प्रचण्डले वरिष्ठ नेताद्वय खनाल र नेपालसहितका नेतासँग हिजो टेलिफोन संवाद गर्नु भएको छ ।

प्रधानमन्त्री ओली फेरि पुरानै ठाउँमा पुगेको निष्कर्षसहित उनीहरूले अध्यक्ष प्रचण्डलाई सचिवालय बैठकका लागि दबाब दिएको बुझिएको छ । केही दिनअघिमात्रै साम्य भएको नेकपाभित्रको विवाद राजनीतिक नियुक्तिसँगै पुनः शुरु हुने देखिन्छ ।

मन्त्रिपरिषद् पुनर्गठनको ‘मोडालिटी’मा सहमति जुटाउन अध्यक्षद्वय ओली र दाहालबीच संवाद जारी थियो । सरकारले हिजो मात्रै दुई राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । स्थायी कमिटी सदस्य भीम रावलले ट्वीटरमार्फत पार्टी निर्णय विपरीतका कदमले संकट ल्याउन सक्ने चेतावनी दिनुभएको छ ।

त्यस्तै नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य डा विजय पौडेलले पनि सरकारको निर्णयप्रति कडा आपत्ति जनाउनुभएको छ । पौडेलले प्रधानमन्त्रीको निर्णयलाई पार्टी समाप्त पार्ने कदम भन्नुभएको छ ।

नेकपाको पछिल्लो निर्णयमा मन्त्रिपरिषद पुनर्गठन र राजनीतिक नियुक्तिमा पार्टी भित्र छलफलका लागि साथै योग्यता, क्षमता, निष्ठा, निरन्तरता,योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गर्ने उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्