Political Hightlights

बामदेव गौतमलाई राष्ट्रियसभामा नियुक्त गर्ने निर्णयविरुद्धको रिट हेर्दाहेर्दैमा

हिमालय टिभी
२०७७ असोज १४ गते १८:५९
बामदेव गौतमलाई राष्ट्रियसभामा नियुक्त गर्ने निर्णयविरुद्धको रिट हेर्दाहेर्दैमा

१४ असोज, २०७७ काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ आज शुरु भएको छ ।

बहस लम्विएकाले आगामी शुक्रबार पुनः सुनुवाइ हुने गरी मुद्धा हेर्दाहेर्दैमा राखिएको छ । प्रतिनिधिसभा सदस्य चुनाव हारेकाले गौतम सांसद र मन्त्री बन्न योग्य नरहेको दाबीसहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको ५ सदस्यीय इजलासमा सुनुवाई भइरहेको छ । आज रिट निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरि उप्रेती, पंकज कर्णलगायतले बहस गरेका छन् ।

विपक्षी सरकारी पक्षबाट महान्यायाधिवक्ता अग्नि खरेल सहित दुइ जनाले बहस गरेका छन् । संवैधानिक इजलासले दुवै पक्षको तर्क सुनी गौतमको मनोनयनबारे आदेश जारी गर्नेछ । सर्वोच्च अदालतले वामदेवविरुद्धको मुद्धा हेर्न आजै संवैधानिक इजलास गठन गरेको थियो ।

प्रधानन्याधीस नेतृत्वको ईजलाशमा न्यायधीसहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा हुनुहुन्छ । असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले प्रारम्भिक सुनुवाइपछि गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन र मनोनयन यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्