Political Hightlights

बामदेव गौतमको नियुक्तिविरुद्ध परेको रिटमा आज सर्वोच्चमा बहस हुँदै

हिमालय टिभी
२०७७ असोज १४ गते ७:५२
बामदेव गौतमको नियुक्तिविरुद्ध परेको रिटमा आज सर्वोच्चमा बहस हुँदै

१४ असोज, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभा सदस्य नियुक्तिका विषयमा सर्वोच्च अदालतमा परेको रिटमाथि आज बहस हुँदैछ।

गौतमको पक्षबाट नेपाल बार एसोसियसनका पूर्वअध्यक्षसहित १३ जना अधिवक्ताले बहस गर्ने भएका छन् ।

वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, राघवलाल वैद्य, प्रेमबहादुर खड्का, चन्द्रकान्त ज्ञवाली, कुमार शर्मा आचार्य लगायतकाले बहस गर्ने भएका हुन् ।

यसका साथै गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्ने सरकार र सोको सिफारिस गर्ने पार्टी नेकपाले समेत छुट्टै अधिवक्ता यो मुद्दाको बहसमा खटाउने भएको छ ।

सरकारी कार्यालयका तर्फबाट महान्याधिवक्ताको छुट्टै टोलीले गौतमको पक्षमा बहस गर्नेछ । बहस आज नै सकिने सम्भावना रहेको छ । मुद्दा दायर गर्ने अधिवक्ता दिनेश त्रिपाठीका पक्षबाट ९ भन्दा बढी वकिलले बहस गर्नेछन्।

भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा मनोनित गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्