Political Hightlights

मन्त्रिपरिषद हेरफेरलगायतका विषयमा छलफल गर्न नेकपा अध्यक्षबीच छलफल हुँदै

हिमालय टिभी
२०७७ असोज ९ गते १२:५६
मन्त्रिपरिषद हेरफेरलगायतका विषयमा छलफल गर्न नेकपा अध्यक्षबीच छलफल हुँदै

९ असोज, २०७७ काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिका विषयमा सहमति जुटाउन नेकपाका दुई अध्यक्षबीच आज पनि छलफल हुँदैछ ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर छलफल गर्नु भएको थियो ।

छलफललाई आज पनि निरन्तरता दिने प्रचण्डको सचिवालयले जनाएको छ । झन्डै तीन घण्टा चलेको छलफलमा मन्त्रिपरिषद् पुनर्गठनमा केन्द्रीत रहेको थियो ।

मन्त्रिपरिषद् पुनर्गठनमा प्रधानमन्त्री ओली अहिलेका केही मन्त्रीलाई निरन्तरता दिनुपर्ने अडानमा हुनुहुन्छ भने प्रचण्डले दुई वर्षे कार्यकाल पूरा भएका सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई सरकारमा पठाउने तयारीमा हुनुहुन्छ ।

सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठनमा तीन विकल्प प्रस्तुत गरेपनि अहिलेसम्म मापदण्ड तय हुन सकेको छैन । मंगलबारको सचिवालय बैठकले संविधानअनुसार संवैधानिक नियुक्तिहरू गर्न सरकारलाई सुझाव दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्