Political Hightlights

नेकपा सचिवालय बैठक भोलिसम्मका लागि स्थगित

हिमालय टिभी
२०७७ असोज ५ गते १२:५६
नेकपा सचिवालय बैठक भोलिसम्मका लागि स्थगित

५ असोज, २०७७ काठमाडौं। आज बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक बजेका लागि तय बैठक भोलिसम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठक भोलि दिउँसो साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

यसअघि आइतबार पहिलो पटक पेरिसडाँडामा बसेको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो । आजको बैठकमा मन्त्री हेरफेरको मापदण्डबारे छलफल गर्ने तय गरेको थियो ।

प्रधानमन्त्री ओलीले मन्त्री परिवर्तनका लागि तिन विकल्प पेश गर्नु भएको थियो । प्रधानमन्त्रीले पुरै सेट परिवर्तन गर्ने वा केही मन्त्री परिवर्तन गर्ने वा खाली रहेका मन्त्रालयमा मात्र मन्त्री नियुक्त गर्ने विकल्प पेश गर्नुभएको थियो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीले भने अनुसार मन्त्रिपरिषद पूनर्गठन गर्ने निर्णय भएको जानकारी दिँदै यसबारेमा थप छलफल हुने बताउनुभएको छ ।

भोलिको बैठकमा संवैधानिक नियुक्तिका लागि सरकारलाई सुझाव दिनका लागि आधार बनाउनेबारे छलफल गर्ने हुने छ ।

यस्तै सांगठनिक एकीकरणका बाँकी काम पुरा गर्ने, स्थायी र केन्द्रीय कमिटीमा पदपूर्ति गर्ने लगायतका विषयमा पनि छलफल हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्