नेकपा सचिवालय बैठक आज पनि बस्दै, मन्त्रिपरिषद् हेरफेरका विषयमा छलफल हुने

५ असोज, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मन्त्रिपरिषद पूनर्गठनका लागि प्रक्रिया अघि बढाएको छ ।
पेरिसडाँडामा आइतबार बसेको नेकपाको सचिवालय बैठकमा यसबारे औपचारिक रुपमै छलफल भएको छ भने आज थप छलफल हुनेछ ।
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसहित बसेको बैठकले मन्त्रिपरिषद पूनर्गठन गर्ने निर्णय गरेको हो ।
बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीले भने अनुसार मन्त्रिपरिषद पुनर्गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
बैठकले संवैधानिक नियुक्तिका लागि सरकारलाई सुझाव दिनका लागि आधार बनाउन छलफल गर्ने, सांगठनिक एकीकरणका बाँकी काम पुरा गर्ने, स्थायी र केन्द्रीय कमिटीमा पदपूर्ति गर्ने लगायतका विषयमा कार्यसूची पनि तय गरेको छ ।
सत्तारुढ नेकपाले केन्द्रीय सदस्य र पूर्णकालीन कार्यकर्तालाइ नियमित तलब दिने प्रस्ताव गरेको छ। नेकपा सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेछ ।
प्रतिक्रिया