Political Hightlights

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपा सचिवालय बैठकमा छलफल

हिमालय टिभी
२०७७ असोज ४ गते १५:२७
मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपा सचिवालय बैठकमा छलफल

४ असोज, २०७७ काठमाडौं । पार्टीको आन्तरिक विवाद समाधन गरेको सत्तारुढ नेकपा मन्त्री परिषद् हेरफेरमा जुटेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकार प्रयोग गर्न पाएपछि पहिलो पटक पेरिसडाँडामा बसेको बैठकले मन्त्रिपरिषद पुर्नगठनका लागि सरकारलाई नीतिगत सुझाव दिएको हो । परिवर्तन हुने मन्त्रीको नामका बारेमा भने छलफल हुन बाँकी छ ।

बैठकले संवैधानिक नियुक्तिका लागि सरकारलाई सुझाव दिनका लागि आधार बनाउन छलफल गर्ने, सांगठनिक एकीकरणका बाँकी काम पुरा गर्ने, स्थायी र केन्द्रीय कमिटीमा पदपूर्ति गर्ने लगायतका विषयमा कार्यसूची पनि तयार गरेको छ ।

नेकपा सचिवालय बैठक भोलि १ बजे पुनः बस्नेछ । भोलिको बैठकमा अन्य एजेन्डाको विषयमा छलफल हुने नेकपाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्