Political Hightlights

संविधान संशोधन नभएसम्म चुप लागेर नबस्ने जसपाको चेतावनी

हिमालय टिभी
२०७७ असोज ३ गते १८:४४
संविधान संशोधन नभएसम्म चुप लागेर नबस्ने  जसपाको चेतावनी

३ असोज, २०७७ काठमाडौं । जनता समाजवादी पार्टीले संविधान अपूर्ण रहेको भन्दै आज विभिन्न जिल्लामा विरोधका कार्यक्रम गरेको छ ।

प्रदेशको सिमाङ्कन, शासकीय स्वरुप लगायतका विषयमा संविधान संशोधन हुनुपर्ने जनता समाजवादी पार्टीको माग छ । वीरगञ्जमा निकालिएको विरोध जुलुसले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।

जुलुसपछि आयोजित कोणसभामा जसपा नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन नभएसम्म जनता चुप लागेर नबस्ने बताउनुभयो ।

जनता समाजवादी पार्टीको अगुवाइमा प्रदेश २ का अन्य जिल्लामा पनि आज विरोध जुलुस निकालिएको छ ।

जनकपुरधाममा आयोजित एक कार्यक्रममा प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनलले हरेक वर्ग र समुदायको अधिकार समेट्न नसकेकाले वर्तमान संविधान स्वीकार गर्न नसकिने बताउनुभयो ।

सोही कार्यक्रममा संघीय सांसद उमाशंकर अरगरिया, प्रदेश सांसद परमेश्वर शाह लगायतले पनि तराई मधेशका जनताको भावना संविधानमा समेट्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्