Political Hightlights

आजका लागि बोलाइएको नेकपा सचिवालय बैठक आइतबारसम्मका लागि स्थगित

हिमालय टिभी
२०७७ असोज २ गते १२:४१
आजका लागि बोलाइएको नेकपा सचिवालय बैठक आइतबारसम्मका लागि स्थगित

२ असोज, २०७७ काठमाडौं । आजका लागि बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबारका लागि सरेको छ।

बैठक आइतबार दिउँसो ४ बजे बस्ने गरी सारिएको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो।

बुधबार प्रधानमन्त्रीको केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलले पहिलो पटक पेरिसडाँडामा सचिवालय बैठक बस्ने तय गरेको थियो।

तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेपछि पहिलो पटक तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बस्ने निर्णय भएको थियो।

यसअघि अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै राख्ने गरिएको थियो। सचिवालय बैठकमा स‌ंघ र प्रदेशका मन्त्री हेरफेर र पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्ने एजेण्डा तय गरिएको छ ।

सचिवालय बैठकको लागि हिजो नै भौतिक दूरी कायम गरेर टेबुल, कुर्सी मिलाइसकिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्