आर्थिक

पौरखी ग्रुपले थाल्यो बेमौसमी तरकारी खेती (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २९ गते २०:३५
पौरखी ग्रुपले थाल्यो बेमौसमी तरकारी खेती (भिडियोसहित)

२९ भदौ, २०७७, बारा । बाराको सिमरामा बेमौसमी खरबुजा उत्पादन सुरु भएको छ । विदेशमा काम गरेर फर्केका ५६ जिल्लाका १ सय ३० जना युवाको समूह पौरखी ग्रुपले बेमौसमी तरकारी र खरबुजा फलाउन थालेको हो ।

बाराको सिमरा विमानस्थलको पुरानो धावनमार्गमा यतिबेला हरियाली छ । विदेशबाट फर्केका युवाको समूह पौरखी ग्रुपले यहाँको १४ बिघा खाली जग्गा भाडामा लिएर खेति गरेको छ ।

नागरिक उड्यन प्राधिकरणलाई वर्षमा ४ लाख रुपैयाँ तिर्ने गरेर यो जमिन भाडामा लिएर खेती थालिएको हो । खरबुजा र बेमौसमी तरकारी लगाउँदा अहिलेसम्म ६० लाख रुपैयाँ लगानी भएको छ ।

लगानी गरे अनुसार खरबुजा फल्न पनि थालेको छ । गत वैशाखमा बजार लैजान तयार हुनै लागेको खरबुजा असिनाले नष्ट गर्‍यो ।

एक छिमल खेर गए पनि कुनै चिन्ता छैन । अहिले बारीमा तरकारी र खरबुजा फलिरहेको छ । र यसले भविष्य देखाएको छ।

पौरखी ग्रुपले २५ जना श्रमिकसहित यहाँ खरबुजा खेती गरेको देखेर वरपरका अरु किसान पनि बुझ्न आउने गरेका छन् । यसले गर्दा हौसला पनि बढेको छ । सँगै सरकारले सहयोग गर्ने हो भने देशमै केही गर्न सकिन्छ भन्ने आशा पनि बढेको छ ।

त्यसैले देशमै केही गरौं भन्नेहरुको योजना र कर्ममा सरकारले पनि ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया

One thought on “पौरखी ग्रुपले थाल्यो बेमौसमी तरकारी खेती (भिडियोसहित)

  1. सफलताको शुभकामना हरि भान्जा & सबै पौरखी गुरुप लाई

Leave a Reply to गोपाल पन्थ Cancel reply

Your email address will not be published. Required fields are marked *