Political Hightlights

परिमार्जन गरेर मात्र एसीसी पारित गर्ने नेकपाको निर्णय

हिमालय टिभी
२०७७ भदौ २६ गते १८:४१
परिमार्जन गरेर मात्र एसीसी पारित गर्ने नेकपाको निर्णय

२६ भदौ, २०७७ काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एमसीसीलाई आवश्यकताअनुसार परिमार्जन र संशोधन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ।

आज बसेको स्थायी कमिटी बैठकले एमसीसी संशोधनपछि पारित गर्ने निर्णय गरेको हो। झलनाथ खनाल नेतृत्वमा गठन गरेको कार्यदलले दिएका सुझाव प्रतिवेदनलाई समेत ध्यान दिई यसबारे छिट्टै निर्णय गर्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ।

खनाल नेतृत्वको कार्यदलले यथास्थितिमा एमसीसी पारित नगर्न सुझाव दिएको थियो । सत्तारुढ नेकपाभित्र एमसीसी पारित गर्ने कि नगर्ने भन्ने विवाद छ । र, पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीसमेत एमसीसी संशोधन गरेरै मात्रै पारित गर्न सहमत हुनुभएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल , नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु यथास्थितिमा एमसीसी पारित गरे राष्टघात हुने मत राख्दै आउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्